+
+

आईएमई पे स्क्यान गरी सामान खरिद गर्दा १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १३:००

काठमाड‌ौं । ‘आईएमई पे’ प्रयोगकर्ताहरुले विभिन्न डिपार्टमेन्टल स्टोरहरुबाट आईएमई पे स्क्यान गरी किराना सामान खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको आईएमई पेले जनाएको छ ।

स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली उपलब्ध हुँदा उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आईएमईपेले ‘स्क्यान एनी क्यूआर’ अभियान मार्फत नेपाली बजारमा रहेका सम्पूर्ण क्यूआर स्क्यान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको छ । यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आईएमईपे मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्यूआर स्कान गरी भुक्तानी गर्न मिल्नेछ ।

साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनेछन् । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । सोही क्याम्पियनमा आईएमईपे मोबाइल वालेटमार्फत मात्रै १० प्रतिशत छुट (रु. १०० सम्म मात्र) पाउनेछ र स्क्यान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आईडीले एक डिपार्टमेन्टल स्टोर र एक पटकका लागि मात्र १० प्रतिशत छुट पाउने आईएमई पेले जनाएको छ । कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?