+
+

म सुकेशसँग प्रेममा थिएँ : ज्याकलिन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १४:३६

१३ फागुन, काठमाडौं । भारतीय व्यापारी सुकेश चन्द्रशेखरको रकम ठगी मुद्दामा नयाँ नयाँ खुलासा भइरहेका छन् । यसैैबीच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले पनि इडीको सोधपुछमा सुकेशसँग प्रेममा रहेको खुलासा गरेकी छन् ।

सुकेशले आफूलाई हीराको औंठी दिएर प्रेम प्रस्ताव राखेको उनको खुलासा छ । ज्याकलिनले इडीसँगको बयानमा आफूले सुकेशसँग करोडौं रुपैयाँको उपहार लिएको पनि खुलाएकी छन् । सुकेशले दिएको हीराको औंठीमा जे र एस नाम लेखिएको थियो ।

साथैै, सुकेशले ज्याकलिनलाई एस्पुएला नामको घोडा, गुच्चीको तीनवटा ब्याग, गुच्चीको दुईवटा जिम कपडा, एक जोर जुत्ता, हीराको दुईवटा बाला, माणिकाको एउटा ब्रासलेट, दुईवटा होमिज ब्रासलेट र एउटा कार उपहारमा दिएका थिए ।

यस्तै सुकेशले पनि आफू ज्याकलिनसँग प्रेममा रहेकाले करोडौं रुपैयाँको उपहार दिएको स्वीकार गरेका छन् । उनले पैैसा ठगी मुद्दामा ज्याकलिनको कुनै सम्बन्ध नभएको पनि स्पष्ट पारेका छन् ।

केही समयअघि ज्याकलिन र सुकेशका गोप्य तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?