१३ फागुन, चितवन । खैरहनी नगरपालिका-८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याउँदै सामानसहित चारजनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।
प्रहरीले कपडा, फलामको छड, भाँडावर्तन र ट्रकसमेत गरी करिब ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामानसमेत बरामद गरेको छ ।
पर्सा वीरगन्जबाट भन्सार छली लत्ता कपडाहरूलगायत सामानहरू ल्याउने क्रममा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उक्त सामानहरू बरामद गरेको हो ।
बरामद मालसामान, चारवटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4