+
+

युक्रेनका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ लाग्न वर्लिन दूतावासको सुझाव 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते ७:०१

१४ फागुन, बार्सिलोना । युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

ती मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीयताको आधारमा नाका (बोर्डर) खुल्ला गरेको जानकारी दिंदै दूतावासले त्यतै जान अनुरोध गरेको हो ।

सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरुलाई युक्रेन छाडेर ती मुलुकहरुतर्फ जान दूतावासले अनुरोध गरेको हो । शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै दूतावासले हालसम्म युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ ।

‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका (बोर्डर) खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा थप लेखिएको छ, ‘तसर्थ, … सुरक्षित तबरले नेपाल फर्कनका लागि ती मुलुकहरुतर्फ जान सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?