+
+

राष्ट्रसंघ सुरक्षा परिषदमा युक्रेन आक्रमणको निन्दा, रुसद्वारा भिटो प्रयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते ७:५४

१४ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनबारेको एक प्रस्तावमा रुसले भिटो पावरको प्रयोग गरेर त्यसलाई रोकिदिएको छ ।

रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्तावमा स्थायी सदस्य राष्ट्र रुसले भिटो प्रयोग गरेको हो । यस प्रस्तावको पक्षमा ११ सदस्यले भोट दिए । भारत, चीन र युएईले भोटिङमा भाग लिएनन् ।

युक्रेनमा रुसी आक्रमणलाई रोक्ने र सेनालाई फिर्ता बोलाउने विषयमा मतदान गराइएको थियो ।

रुस सुरक्षा परिषदका पाँच स्थायी सदस्यमध्ये एक हो । सुरक्षा परिषदका स्थायी सदस्यमा रुससँगै अमेरिका, चीन, फ्रान्स र ब्रिटेन छन् । उनीहरुसँग भिटो पावर प्रयोग गर्ने अधिकार रहन्छ ।

सुरक्षा परिषदको बैठकमा रुसी राजदूतले युक्रेनमाथि गरिएको आक्रमणको बचाउ गर्दै डोनबास क्षेत्रका युक्रेनी नागरिकको सुरक्षाका लागि यो कदम उठाएको बताएका थिए ।

यसैगरी अमेरिकी राजदूतले युक्रेनमा गरिएको आक्रमणको निन्दा गर्दै रुसले भिटोको गलत प्रयोग गरेको बताएकी थिइन् ।

युक्रेनका राष्ट्रपतिले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा युक्रेनमाथि गरिएको आक्रमणको विषय उठाएको भन्दै सदस्य राष्ट्रहरुलाई धन्यवाद दिएका छन् । रुसको भिटो पावरबारे टिप्पणी गर्दै उनले भनेका छन्– यो रगतको दाग जस्तै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?