+
+

एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ ध्रुवीकरण हुन्छ : उपाध्यक्ष बादल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १६:१४

१४ फागुन, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली राजनीतिमा छिटै नयाँ ध्रुवीकरण हुने बताएका छन् ।

नेकपा एमालेले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण हुने दावी गरे ।

‘यो स्वार्थले बनेको अवसरवादीहरुको गठबन्धन हो, अवसरवादीहरुले एमालेलाई एक्ल्याउन खोजेका थिए । एमसीसीकै कारण अबको एक दुई दिनमा गठबन्धन भत्किन्छ र, राष्ट्रिय राजनीतिमा ध्रुवीकरण हुन्छ’ उपध्यक्ष बादलले भने ।

बादलले अहिलेको सत्ता गठबन्धनलाई प्रतिक्रियावादी र अवसरवादीको संज्ञा दिए । एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उनले निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?