+
+

नेपाल टी–२० लिगको सर्वाधिकार फेरि भारतीय कम्पनीलाई दिने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते २०:०२

१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग आयोजनाको अधिकार भारतीय कम्पनीलाई नै दिने भएको छ ।

कैलालीको धनगढीमा सम्पन्न क्यानको साधारणसभाले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी–२० लिग गर्न दिने निर्णय गरेको हो । जबकी २१ असोजमा बसेको बोर्ड बैठकले उक्त कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

चतुरबहादुर चन्द नेतृत्वको क्रिकेट संघले २०७७ मंसिमा नेपाल टी–२० लिग आयोजना गर्ने जिम्मा १० वर्षका लागि सेभेन थ्री स्पोर्टसलाई दिने प्रस्ताव गरेको थियो । त्यसबेला प्रस्तावित सम्झौताअनुसार सेभेन थ्री स्पोर्टसले चरणवद्ध रुपमा क्रिकेट संघलाई करिव ४२ करोड दिने भनिएको थियो ।

तर ठूला इभेन्टहरु नै नगरेको कम्पनीलाई नेपाल टी–२० लिगको सम्पूर्ण अधिकार दिन खोजेको भन्दै विरोध भयो । । साथै सरकारले पनि अनुमति दिएन भने सेभेन थ्री स्पोर्टसले पनि अनुमति पाउनुपूर्व गर्नुपर्ने कामहरु गरेन ।

असोज २०७८ मा बसेको बोर्ड बैठकले सरकारले अनुमति नदिएको र भारतीय कम्पनीले पनि गर्नुपर्ने कामहरु नगरेको भन्दै सम्झौता गर्ने निर्णय गरेको थियो ।

तर शनिबार सकिएको बोर्ड बैठकले फेरि त्यही कम्पनीलाई नेपाल टी–२० लिग गर्न दिने निर्णय गरेको छ । यो पटक सम्झौता अवधि १० बाट घटाएर ८ वर्ष कायम गरिएको छ भने रकम ४२ करोडबाट ३३ करोड रुपैयाँभन्दा बढी भनिएको छ ।

क्यानका एक सदस्य भन्छन्, परिमार्जन गर्ने विषयहरुमा नयाँ सहमति गर्ने भनिएको छ ।’ यद्यपि फेरि विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी–२० लिग गर्न दिन खोजिएको भन्दै ५ जनाले नोट अफ डिसेन्ट राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?