+
+

नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १३:२०

२१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग गरेको विवादास्पद सम्झौता रद्द गर्ने भएको छ ।

२० र २१ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

क्यानले गत वर्ष १० वर्षका लागि नेपाल टी–२० लिग गर्न सेभेन थ्री स्पोर्ट्ससँग करिव ४२ करोडको प्रारम्भिक सम्झौता गरेको थियो । २०७७ मंसिरमा क्यानको साधारणसभामा सम्झौता अनुमोदनको प्रस्ताव आएपछि विवाद भयो ।

चुक्ता पुँजी एक करोड भारु मात्र भएको र हालसम्म एउटा पनि ठूला प्रतियोगिता नगराएको भारतीय कम्पनीलाई नेपाल टी–२० लिगको सम्पूर्ण अधिकार दिन खोजिएको भन्दै विरोध भएको थियो ।

सरकारले पनि सम्झौता कार्यान्वयनका लागि अनुमति नदिएको र सेभेन थ्री स्पोर्ट्सले पनि अनुमति पाउनुपूर्व गर्नुपर्ने कामहरु नगरेकाले सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइएको क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?