+

सातौं खेलदेखि गोल गर्न थालेका फ्रान्कोइस बने सर्वाधिक गोलकर्ता

२०७८ फागुन  १४ गते २०:४४ २०७८ फागुन १४ गते २०:४४
सातौं खेलदेखि गोल गर्न थालेका फ्रान्कोइस बने सर्वाधिक गोलकर्ता

१४ फागुन काठमाडौं । ललितपुरको फ्रेण्ड्स क्लब नवौं चरणसम्म जितविहीन थियो र क्लब रेलिगेसन जोनबाट माथि आउन संघर्ष गरिरहेको थियो ।

उसका केही खेलाडी घाइते थिए । तीन विदेशीमध्ये एक जोमोउल एन्थोनी फ्रान्कोइस पनि चोटका कारण सातदोबाटो युथ क्लब विरुद्ध पहिलो खेल खेलेपछि दुई खेल खेलेनन् ।

त्यसपछि भने ट्रिनिडाड एण्ड टोबागोका उनले फ्रेण्ड्सका लागि निरन्तर खेले । फ्रेण्ड्सले बिहीबार हिमालयन शेर्पासंग लिगको अन्तिम खेल खेल्दा त उनले कप्तानी नै गरे । यस सिजन फ्रेण्ड्सको लागि कप्तानको आर्मब्याण्ड लगाउने उनी छैटौं खेलाडी समेत बने ।

उनै जोमोउल फ्रान्कोइस शहीद स्मारक ए डिभिजन लिग २०७८ को सर्वाधिक गोलकर्ता बने । सातौं चरणदेखि गोल गर्न थालेका उनले लिगमा सर्वाधिक ७ गोल नै गरे । उनले शनिबार सर्वाधिक गोलकर्ताको उपाधिसँगै दुई लाख रुपैयाँ पनि जिते ।

लिगको सुरुवाती ६ खेलसम्म गोल गर्न नसकेका फ्रान्कोइसले सातौं चरणदेखि गोल गर्न थालेका थिए । एनआरटीविरुद्ध गोल गर्दै गोलको खाता खोलेका फ्रान्कोइसले नवौं चरणमा आर्मीविरुद्ध एक गोल गरे ।

त्यसपछि दशौँ चरणमा ब्रिगेड विरुद्ध ५-२ को जितमा उनले दुई गोल गरे । ११औं चरणमा जाउलाखेल युथ क्लबविरुद्ध इन्जुरी टाइममा गोल गर्दै फ्रेण्ड्सको हार टारेपछि उनी पनि सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि आए ।

१२औं चरणमा च्यासलविरुद्ध दुई गोल गरेपछि मछिन्द्रका सुनील बल र मनाङका आफिज ओलावालेलाई पछि पार्दै जोमोउल फ्रान्कोइस शीर्ष स्थानमा उक्लेका हुन् ।

एनआरटीका मेसुके ओलाेमाेउले पनि अन्तिम खेलमा नेपाल पुलिस विरुद्ध ह्याट्रिक गर्दै गाेल संख्या ७ पुर्‍याएका थिए । तर कम समय खेलेकाले फ्रान्काेइसले पुरस्कार पाए ।

मछिन्द्रका सुनीलले चोटका कारण अन्तिम दुई खेल खेल्न पाएनन् । यस्तै मनाङका ओलावाले पनि चोटका कारण पछिल्ला खेलहरु पूरा समय खेल्न सकेका थिएनन् ।

सातदोबाटो युथ क्लबका अजयी मार्टिन्सले लिगको अन्तिम खेलमा च्याससलाई १-० ले हराउँदा गोल गर्दै लिगमा गोल संख्या ६ पुर्‍याएका थिए ।

फुटबल शहीद स्मारक ए डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय