+
+

माओवादी संसदीय दलको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १२:५०
फाइल तस्वीर

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ ।

एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने पार्टी र सत्ता गठबन्धनको निर्णयबारे जानकारी दिन माओवादी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दलको बैठक बसालेका हुन् । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ ।

आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकबाट एमसीसी पारित गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ । त्यसअघि बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले पनि सोही निर्णय गरेको थियो ।

एमसीसी यही फागुन ५ गते प्रतिनिधि सभामा पेश भएको थियो । एमसीसीलाई संसदबाट अनुमोदन गर्ने समयसीमा भोलि (फागुन १६ गते)सम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?