काठमाडौं । नेपालको सबैभन्दा विश्वसनीय कन्ज्युमर इलेक्ट्रोनिक्स एवं नम्बर वान रेफ्रिजेरेटर ब्राण्ड सामसुङले कम्प्याक्ट मोडर्न किचनका लागि डिजाइन गरिएको ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’को नयाँ मोडेल सार्वजनिक गरेको छ । सामसुङले नेपालका ग्राहकहरुबाट माग हुँदै आएकाले ठूलो रेफ्रिजेरेटरहरु आपूर्ति गर्ने क्रममा यो नयाँ मोडेल सार्वजनिक गरेको हो ।
फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपसनले ग्राहकहरुलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा ल्याएको छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइन रहेको यो रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको छ । यो स्टाइलिस स्टेनलेस स्टिल फिनिसिङ भएको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सर सहित ५७९ लिटरमा उपलब्ध छ ।
कम्पनीका अनुसार यो फ्रेन्च डोर रेफ्रिजेरेटरमा ट्वीन कुलिङ प्लस प्रविधि छ, जसले फ्रिज र फ्रिजर खण्डहरुलाई बेग्ला बेग्लै चिसो राख्दै गन्धहरु फैलिनबाट रोक्न र खाद्य सामग्रीहरुको मौलिक स्वाद जोगाइराख्न मद्दत गर्छ । पावर कुल र फ्रिज सुविधा सक्रिय गर्न सजिलो भएकोले तपाईंलाई आवश्यकता पर्दा आइस र चिसो पानी छिटो चाहिँदा कुर्न पर्दैन । धेरै फलफुल र सागसब्जीहरु राख्नका लागि यसमा २१.७ लिटर क्षमता भएका ठूलो क्रिस्परहरु र २ लिटर सहजै अट्ने अत्यधिक ठूलो डोर बिनहरु राखिएका छन् । २ वटा सेल्फ र चलाउन मिल्ने आइस मेकरसहितको सुविधाजनक फ्रिजर स्टोरेज भएको हुँदा यसमा स्थान अभाव र पहुँचको समस्या नहुने कम्पनीले बताएको छ । यी नयाँ रेफ्रिजेरेटरहरुमा भएको कम्प्रेसर र डिजिटल इन्भर्टर प्रविधिमा १० वर्षको वारेन्टी अफर दिइएको छ, जसले ५० प्रतिशतसम्म विद्युत खपत कम गर्छ ।
कम्पनीका अनुसार ५७९ लिटर को फ्रेन्च डोर रेफ्रिजेरेटरको बजार मूल्य २ लाख ९९ हजार ९९० रुपैयाँ रहेको छ । फ्रेन्च डोर रेफ्रिजेरेटरहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जाल मार्फत नेपालभर सम्पूर्ण प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स स्टोरहरुमा उपलब्ध छ ।
कम्पनीका अनुसार यो रेफ्रिजेरेटरको कम्प्रेसरमा १० वर्षको वारेन्टी दिइएको र ५० प्रतिशतसम्म विद्युत खपत कम गर्ने डिजिटल इन्भर्टर रहेको छ । रेफ्रिजेरेटरलाई सफा राख्न यसमा लाग्ने हातका छापहरु र चिन्हहरु हटाउन दिन दिनै सफा गरिरहन पर्नेछैन । यी रेफ्रिजेरेटरहरु छाप प्रतिरोधक फिनिसका साथ उपलब्ध छन्, जसले ढोकाहरुलाई फोहर दागहरुबाट सुरक्षित राख्छ अनि सफा र दागधब्बा रहित बनाउँछ । सामसुङ डिजिटल इन्भर्टर कम्प्रेसर धेरै समयसम्म टिक्छ र ५० प्रतिशतसम्म विद्युत खपत बचाउँछ । उच्च गुणवत्ताको कम्पोनेन्टहरु भएको इन्भर्टर प्रविधि २१ वर्षसम्म चल्ने क्षमता भएको प्रमाणित भएको र यो १० वर्षको वारेन्टीका साथ उपलब्ध रहेको कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4