+
+

एमसीसी सम्झौतामा आपत्तिजनक केही पनि छैन : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १६:५१

१५ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए ।

गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । ‘तमसुकको भाषाले घोच्छ, यसमा (एमसीसी) पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन’ उनले भने ।

अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको भन्दै नेता भट्टराईले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने बताए ।

‘कि त्यतिबेला गल्ती थियो भन्ने हिम्मत गर्नुपर्छ । गल्ती स्वीकार गरेर राजनीतिबाट सन्यास लिनुपर्छ’ उनले भने ।

आफू प्रधानमन्त्री हुँदा एमसीसी सहयोग सम्झौताका रुपमा आएको र आफूले स्वीकार गरेको नेता भट्टराईले बताए । ‘मेरो पालामा सहयोग सम्झौताका रुपमा आएको थियो । म जिम्मेवारी लिन्छु । यो ठीक छ, चाहिन्छ भनेकै हो’ उनले भने ।

एमसीसीमा व्याख्यात्मक टिप्पणी लेखेर स्वीकार गर्ने भनी केही दलले ‘फेस सेभिङ’को बाटो खोज्नु सकारात्मक भएको पनि भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?