+
+

परम्परागत भवन बनाउन प्राविधिक सहजकर्ता परिचालन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १७:२५

१५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सम्पदा भवन संरक्षण एवम् निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ कार्यान्वयन गर्न प्राविधिक सहजकर्तालाई खटाउने भएको छ । सार्वजनिक सूचनामार्फत सूचीकृतका लागि प्राप्त ६० वटा निवेदनमध्ये ४० जनालाई सूचीकृत गरेर सहयोग लिने भएको हो ।

सूचीकृतहरुका लागि अभिमुखीकरण गरिएको छ । महानगर क्षेत्रभित्र भएका सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा वास्तुकलात्मक महत्व भएका निजी तथा संस्थागत स्वामित्व भएका परम्परागत भवनहरुको संरक्षणका लागि महानगरले कार्यविधि बनाएको छ ।

घरधनीहरुलाई यसका विषयमा प्राविधिक ज्ञान नहुन सक्ने भएकोले भवन डिजाइन तथा निर्माणमा कम्तीमा १० वर्ष अनुभव भएका आर्किटेक्ट र सिभिल इन्जिनियरहरुलाई सहजकर्ताका रुपमा खटाइने भएको हो ।

‘काठमाडौं महानगरको सहरी व्यवस्थापनमा बस्ती कसरी बसाउने भन्ने विषयमा हामीले लामो छालफल गरेका छौं । एकीकृत बस्तीको कुरा उठाएका छौं । वसन्तपुरबाट दक्षिण भेगका ६३० वटा घरको अध्ययन गरेर प्रारम्भिक रुपमा ५४ घर एकीकरण गर्ने, सहरी सेवा सुविधा पुर्‍याउने योजना बनायौं,’ शाक्यले भने, ‘टेका लगाएका घर हटाएर सबै घरमा उज्यालो पुग्ने, मोटर पुग्ने, एकीकृत सहरी सेवा पुर्‍याउने योजना बनायौं । २०७२ सालको भूकम्पपछि यसको अझ चर्चा भयो । तर कार्यान्वयन जाने बेला सम्पत्तिको हक सुरक्षाको सवाल आयो । त्यसलाई जवाफ दिने कानुन भएन । काम अगाडि बढाउन सकिएन ।’

काठमाडौंको मौलिकता बचाउन निजी भवनहरुलाई पनि अनुदान दिनु परेको उनले बताए । महानगरबाट सहयोग लिएर काठमाडौंको मौलिकता यथावत राख्ने काममा सहयोग गर्न म सम्बन्धित उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?