+
+

आगामी नीति तथा कार्यक्रममा सुझाव दिन महानगरको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १५:२१

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव दिन आह्वान गरेको छ ।

नीति तथा कार्यक्रमक नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव माग गरिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न तथा पारदर्शी बनाउने प्रयास स्वरूप यो विधि अपनाइएको महानगरले जनाएको छ ।

महानगरको सुझाव संकलन पोर्टलमा उल्लेख शीर्षक अनुसार नीति तथा कार्यक्रममा सुझाव दिन सकिने छ । महानगरले परिकल्पना गरेको नीति, योजना तथा कार्यक्रममा ९ जेठभित्र सुझाव दिन सकिने छ ।

महानगरको इमेल, हटलाइन वा कार्यालयमै उपस्थित भएर पनि नीति तथा कार्यक्रममा सुझाव दिन सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?