+
+
Shares

शिलालेखमा दिवंगत वडाध्यक्षको नाम नभेटेपछि तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १५:०३
फाइल तस्वीर

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा बनेको भवनको २८ वैशाखमा उद्घाटन भएपछि शिलालेखमा भएका नामबारे विवाद आएको छ ।

महानगर उपप्रमुख सुनिता डंगोलले भवन उद्घाटन गर्दा तत्कालीन वडाध्यक्ष दिवंगत मुकुन्द रिजालको नाम शिलालेखमा नराखिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले शिलालेख तोडफोड गरेका हुन् ।

‘स्वर्गीय वडाध्यक्ष रिजालको नाम नराखेको भन्दै कांग्रेस समर्थक साथीहरूले हुलहुज्जत गर्नुभयो । हामीले उहाँको सम्मानमा शालिक नै बनाएका छौं ४० लाख खर्च गरेर,’ वडा नम्बर १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले भने, ‘आपत्ति जनाउने नाममा अराजकता देखाउने काम भयो, तर सम्झाएपछि विवाद समाधान भइसकेको छ ।’

शिलालेखमा दिवंगत वडाध्यक्ष रिजालको नाम पनि राख्ने सहमति भएको बताए । ‘नयाँ शिलालेख राख्ने सहमति भएपछि अहिले सबै  शान्त छ, सामान्य विवाद हो,’ महर्जनले भने ।

उपप्रमुख डंगोलले उदघाटन गरेको शिलालेखमा क्षति पुगेपछि वडा कार्यालयमा राखिएको महर्जनले बताए । उनले नयाँ शिलालेख राख्ने बताएका छन् ।

उद्घाटन कार्यक्रममा निवर्तमान मेयर विद्यासुन्दर शाक्यसहित उपस्थित थिए । महानगरले ७ करोड रुपैयाँमा वडा कार्यालय भवन बनाएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?