+
+

क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १७:४७

१५ फागुन, काठमाडौं। प्रहरीले क्यानडा पठाइदिन्छु भनी नक्कली कागजातसमेत दिई ठगी गरको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-८ स्थित गौशाला बस्द‌ै आएका २३ वर्षीय लालबाबु कापर रहेका छन् ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गत शुक्रबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो ।

कापरले सर्लाही ब्रम्हपुरी गाउँपालिका-६ घर भई हाल ललितपुर बालकुमारी बस्‍दै आएका अरबिन्द कुमार साहलाई १२ लाख २० हजार मिलाइदिने भन्‍दै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?