+
+

कोका–कोलाको ‘कान्छु प्याक’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १७:५०

काठमाडौं । कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन ‘कान्छु प्याक’ नेपाली बजरमा ल्याएको छ । १७५ एमएलको आरजीबी(रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध यसको मूल्य २५ रुपैयाँ रहेको छ ।

नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो कान्छु प्याकले नेपाली उपभोक्ताहरुसँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास कम्पनीले गरेको छ ।

कम्पनीका अनुसार यो कान्छु बोतललाई वातावरण–मैत्री बनाउनका लागि पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहन्छ । यो रिटर्नेबल ग्लास बोतल १७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरुमा फ्यान्टा र स्प्राइटका लागि पनि उपलब्ध छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले ग्राहकका लागि सबैभन्दा सानो र कान्छो प्याक कान्छु बोतल ल्याउन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘नेपाली उपभोक्ताहरुका लागि धरै भन्दा धेरै चोइसेजहरु प्रदान गर्न हामी प्रतिबद्ध छौं, चाहे त्यो पेय पदार्थमा होस् या प्याकेजिङमा होस् ।’ फ्यान्टा र स्प्राइटमा पनि यो प्याकबाट उपलब्ध रहेको भन्दै उनले उपभोक्ताहरुको मत जित्ने विश्वास व्यक्त गरे ।

यो नयाँ आरजीबी(रिटर्नेबल ग्लास बोतल) बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेय पदार्थ मध्य सबैभन्दा सानो बोतल भएको कम्पनीले जनाएको छ । यसको आगमनसँगै नेपाली उपभोक्ताहरूलाई भिन्न–भिन्न अवसरमा भिन्न–भिन्न पेय र प्याकेजिङ विकल्प प्रदान गर्ने कोका–कोलाको निरन्तर प्रतिबद्धता थप प्रमाणित भएको कम्पनीको भनाइ छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले नयाँँ कान्छु प्याक सबैभन्दा अफोर्डेबल मात्र नभएर यसको प्याकेजिङ नै विशेष गरी नेपाली उपभोक्ताहरुलाई ध्यानमा राखेर डिजाइन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?