+
+

भ्लादिमिर पुटिन अन्तर्राष्ट्रिय जुडो महासंघको मानार्थ अध्यक्षबाट निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते २१:३८

१५ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय जुडो महासंघको मानार्थ अध्यक्षबाट निलम्बित गरिएको छ ।

रुसले युक्रेनमा हमला सुरु गरेपछि पुटिनलाई अन्तर्राष्ट्रिय जुडो महासंघ (आईएफजे)को मानार्थ अध्यक्षबाट निलम्बित गरिएको हो । योसँगै उनले विश्व खेलकुदको सबैभन्दा सम्मानित पद गुमाएका छन् । उनलाई सो पदबाट हटाउनुको कारण ‘युक्रेनमा जारी द्वन्द्व भएको’ आईएफजेले प्रस्ट पारेको छ ।

तर क्रेमलिन र पुटिनलाई लामो समयदेखि समर्थन गर्दै आएका आईएफजेका कार्यकारी सदस्य आर्केडी रोटेनबर्गलाई भने प्रबर्द्धन व्यवस्थापकमा कायमै राखिएको छ ।

पुटिन जुडोका ब्ल्याक बेल्ट खेलाडी समेत हुन् । उनले २०१२ को लण्डन ओलम्पिकमा पाहुनाको रुपमा उपस्थित थिए ।

महासंघले बिहीबारदेखि युक्रेनमा भएको रुसी कदमलाई ‘युद्ध’ भन्ने पहिलो अन्तर्राष्ट्रिय खेलकुद निकाय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?