+
+

‘पश्चिमा प्रतिबन्धले रुसलाई तेस्रो विश्व युद्धतिर धकेलिइरहेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १५:४१

१६ फागुन, काठमाडौं । भ्लादिमिर पुटिनका विश्वासिला मित्र एवं बेलारुसका राष्ट्रपति अलेक्जाण्डर लुकाशेन्कोले प्रतिबन्धका कारण रुस तेस्रो विश्व युद्धतिर धकेलिइरहेको भन्दै चेतावनी दिएका छन् ।

रुस र युक्रेनबीच वार्ता हुने सहमति भएलगत्तै लुकाशेन्कोले प्रतिबन्धका कारण रुस तेस्रो विश्व युद्धतर्फ धकेलिइरहेको भन्दै चेतावनी दिउका हुन् । यो चेतावनीपूर्ण पुटिनले आणविक हतियारलाई उच्च सतर्कतामा राख्न आदेश दिएका थिए ।

‘बैङ्किङ क्षेत्र, ग्यास, तेलविरुद्ध र स्विफ्टबारे धेरे कुरा भइरहेको छ जुन युद्ध भन्दा खराब हो’, लुकाशेन्कोले भने, ‘यसले रुसलाई तेस्रो विश्व युद्धतिर धकेलिइरहेको छ । समस्यामा नफँस्नका लागि हामीले संयमता अपनाउनु पर्छ ।

हरेक संकटको अन्तिम बिन्दु आणविक युद्ध भएको पनि लुकाशेन्कोको भनाइ थियो । ‘किनकि हरेक संकटको अन्तिम बिन्दु आणविक युद्ध हो’, उनले थपे ।

युक्रेनमा हमला गरेपछि युरोपेलीसहित कैयौं मुलुकले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । रुसमाथि लगातार प्रतिबन्ध लगाउन थालिएपछि युक्रेन हमलामा पुटिनलाई सघाइरहेका लुकाशेन्को रुष्ट बनेका हुन् ।

युक्रेनमा बिहीबारयता रुसी हमला परी ३५२ जना सर्वसाधारणको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा १४ जना बालबालिका छन् । त्यस्तै, एक हजार ६८४ जना घाइते भएको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुसले आफ्नोतर्फ भएको मानवीय क्षति सार्वजनिक गरेको छैन ।

जारी युद्धलाई आपसी सहमतिमा अन्त्य गर्न भन्दै आज रुसी र युक्रेनी प्रतिनिधिले बेलारुसको सीमा नजिकै वार्ता गर्दैछन् । दुबै पक्षका प्रतिनिधिहरू वार्तास्थलमा पुगिसकेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?