+
+

धरानको होटलभित्र महिलाको शव, हत्याको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते ११:०९

१७ फागुन, विराटनगर । सुनसरीको धरानमा रहेको एक होटलभित्र महिलाको शव फेला परेको छ ।

धरान उपमहानगरपालिका-१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा अन्दाजी ३०-३५ वर्षीय महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार महिला दुई दिनयता होटलमा बसेकी थिइन् । आज (मंगलबार) कोठा सफा गर्न पुगेका होटलका कर्मचारीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटलमा बसेका पुरुष भने फरार छन् ।

महिलाको शरीरमा चोट पटक रहेको र सँगै रहेका पुरुष फरार रहेका कारण प्रहरीले हत्या भएको हुनसक्ने बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

महिलाको सनाखत भएको छैन । तर उनी बसेको कोठामा सुमित्रा तामाङ लेखिएको आइडी कार्ड फेला परेको छ । आइडी कार्डका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाका अनुसार होटलका कर्मचारीले सोमबार दुवै जनालाई खाना पुर्‍याएका थिए । तर, मंगलबार  बिहान सँगै बसेका पुरुष होटललाई जानकारी नै नदिइ फरार भएका थिए । महिलाको अनुहारमा पनि चोटपटक रहेका कारण घटना शंकास्पद रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?