+
+

रुससामु आत्मसमर्पण गर्दैनौं : युक्रेन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १२:५२
युक्रेनका राष्ट्रपति भ्लादोमिर जेलेन्स्की

१७ फागुन, काठमाडौं । युक्रेनले रुससामु आत्मसमर्पण नगर्ने जनाएको छ । युक्रेनका विदेशमन्त्रीले एक अन्तर्वार्तामा आफूहरु कूटनीतिमार्फत् समस्या समाधानका लागि तयार रहे पनि रुससँग आत्मसर्पण नगर्ने जनाएका हुन् ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘युक्रेन कूटनीतिक समाधानका लागि तयार छ । तर न त हामी आत्मसमर्पण गर्छौं न उसका शर्तसामु झुक्छौं ।’

विदेशमन्त्री कुलेबाले भने यो लडाइँमा युक्रेनको जित हुने दाबी समेत गरेका छन् ।

रुस र युक्रेनका अधिकारीहरुबीच बेलारुसमा शान्ति वार्ता चलिरहेको बेला युक्रेनका विदेशमन्त्रीको यो भनाइ सार्वजनिक भएको हो । यद्यपि शान्ति वार्ता निष्कर्षविहीन भएको छ ।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘म एक कूटनीतिज्ञ हुँ र मलाई वार्ताको सफलतामा विश्वास छ । तर एक कूटनीतिज्ञ भएको नाताले मेरो लक्ष्य यो हो कि रुसमा अधिक प्रतिबन्ध लागोस् र युक्रेनलाई धेरैभन्दा धेरै हतियार मिलोस् ताकि रुसलाई अन्तर्राष्ट्रियस्तरमा अलग थलग पार्न सकियोस् ।’

रुसले छैटौं दिन पनि युक्रेनमा हवाई र स्थल दुवैतर्फबाट आक्रमण जारी राखेको छ । आक्रमणबाट ठूलो जनधनको क्षति भएको छ ।

दक्षिणी युक्रेनमा पर्ने खेरसोनको क्षेत्रीय केन्द्रलाई रुसी सेनाले घेरा हालेका छन् । रुस नियन्त्रित क्राइमियाको नजिक पर्ने खेरसोनमा प्रवेश गर्ने नाकाहरुमा रुसी सेनाले चेकप्वाइन्ट राखेको त्यहाँका मेयरले जनाएका छन् ।

यसैबीच अत्याधुनिक हतियारसहित रुसी सेनाहरुको लामो लस्कर युक्रेनको राजधानी किएभतर्फ प्रस्थान गरेको तस्वीर सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?