+
+

नारायणकाजीलाई भेट्न हात्तीवन पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १६:५१

१७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन् ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी सम्झौता प्रतिनिसधसभाबाट अनुमोदन गर्ने पार्टीको निर्णयमा नेता श्रेष्ठ असन्तुष्ट छन् ।

एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन् । यही विषयलाई लिएर मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच मतभेद बढेको छ ।

एमसीसीका विषयमा पार्टीभित्र असहमति राखिराखेका श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनकै निवास गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?