+
+

जिपको पूर्ण विद्युतीय गाडी सार्वजनिक, नेपालमा पनि आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १४:२०

काठमाडौं । विश्वकै चौथो ठूलो अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाइ’ गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि-इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।

अहिले कुनै नाम नदिइएको यो ‘इलेक्ट्रिक भेहिकल’ सुरुमा युरोपमा सार्वजनिक गरिनेछ । त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइने कम्पनीले जनाएको छ । यो ईभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र ईभी हुनेछ ।

मंगलबार सार्वजनिक गरिएको पहेंलो रंगको जिप ईभीको आकार जिप रेनेगेड र कम्पासको बीचमा रहने देखिन्छ । फ्रन्ट सटमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ र एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ जसको अर्थ इलेक्ट्रिक भन्ने बुझिन्छ । पछाडिको भाग भने टेलपाइप विनाको चेरोकी वा रेनेगेड जस्तो देखिन्छ ।

जिपको ईभीलाई सीईओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्युमा पहिलो पटक ‘अनभिल’ गरेका हुन् । उनले सन् २०२६ सम्ममा आफ्नो युरोपेली बिक्रीको शत प्रतिशत ईभी हुने लक्ष्य लिएको बताए ।

जिपका सीईओ क्रिस्टिन म्युनिरले सन् २०२५ सम्म जिपले हरेक सेग्मेन्टमा ईभी ल्याइसक्ने जानकारी दिए । यसले ग्राहकलाई जिरो इमिसन फ्रिडम दिलाउने जिप ब्रान्डको लक्ष्यलाई हासिल गर्न मद्दत पुग्ने उनले बताए ।

जिपले सन् २०३० को अन्तसम्ममा आफ्नो लाइनअपमा ७५ ओटा बीईभी लन्च गरिसक्ने र विश्वभर वार्षिक ५० लाख ईभी बिक्री गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ ।

यसअघि स्टेलेन्टिससले आफ्नो यूएस लाइनअपमा र्‍यांग्लर र ग्रान्ड चेरोकीको फोर बाईई प्लग इन हाइब्रिड भेरियन्ट थपिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?