+
+

युक्रेन मामिलामा नेपाल हतारमा बोल्यो : झलनाथ खनाल

नेपाल के अमेरिकी शिविरमा ढल्किएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १८:४४

१८ फागुन, विराटनगर । पूर्व प्रधानमन्त्री झलनाथ खनालले रुस र युक्रेनबीचको युद्धमा नेपालले हतारमा प्रतिक्रिया दिएको टिप्पणी गरेका छन् ।

दुई छिमेकी भारत र चीन तटस्थ बस्दा नेपालले हतारमा बोलेको उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले १२ फागुनमा एक विज्ञप्ति जारी गरी सार्वभौम मुलुकमाथि बल प्रयोग गर्नु गलत भएको बताएको थियो ।

बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता खनालले सोही विषयमा टिप्पणी गर्दै नेपालले असंलग्न पराराष्ट्र नीति लिएकाले हतारमा बोल्न नहुने बताएका हुन् ।

‘नेपाल के अमेरिकी शिविरमा ढल्किएको हो < यसको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुपर्छ ।’

केही समयअघि अमेरिकाले आयोजना गरेको डेम्रोकेटिक समिटमा नेपाल पनि सहभागी भएको बताउँदै उनले थपे,‘ उहाँ (प्रधानमन्त्री) के अमेरिकी शिविरको मान्छे हो ? होइन भने उहाँ जस्तो मान्छेले कस्तो कार्यक्रममा भाग लिने हो सोच्नुपर्छ ।’

खनालले बदलिएको परस्थितिमा नेपाल सन्तुलित रुपमा प्रस्तुत हुनुपर्ने बताए । छिमेकीलाई चिढ्याउन नहुने पाठ युक्रेन र रसियाको विवादबाट सिक्नुपर्ने बताउँदै उनले सन्तुलित ढंगबाट प्रस्तुत हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?