+
+

दराजद्वारा ‘आईएमई पे डे’ को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १७:५९

काठमाडौं । अनलाइन बजार दराजले आईएमई पेसँगको साझेदारीमा आईएमई पे डे को घोषणा गरेको छ ।

दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुँयाल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आईएमई पे डे को घोषणा गरेका हुन् ।

आईएमई पे सँग साझेदारी गरी आईएमई पे डे घोषणा गर्न पाएकोमा आफूहरु उत्साहित बनेको फुँयालले बताए ।  ग्राहकले किनमेल गर्दा डिजिटल प्लेटफर्म रोज्न प्रेरित गर्न र नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुर्‍याउन यो समझदारीले सघाउने विश्वास लिएको उनको भनाइ थियो ।

यो सम्झौता अनुसार दराज र आईएमई पे प्रयोगकर्ताहरूले आईएमई पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुट पाउने सक्नेछन् भने आईएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा पनि १० प्रतिशत (अधिकतम रु. ५००) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् ।

ग्राहकहरूले आईएमई पे वालेट वा आईएमई पे भिसा कार्ड भौचरहरू दराज एप वा वेबसाइट मार्फत संकलन गर्नुपर्छ। संकलित भौचरहरू चेकआउटको समयमा स्वतः लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?