+
+

विनित कुमार बने प्राइम भलिबलको उत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १८:३७

१८ फागुन, काठमाडौं । भारतीय भलिबल खेलाडी विनित कुमार पछिल्लो समय नियमित रुपमा नेपाल आएर खेलिरहेका हुन्छन् । भारतीय राष्ट्रिय टिमको कप्तानी गरिसकेका विनितले नेपालमा हेल्प नेपाल स्पोर्ट्स क्लबबाट नियमित रुपमा विभिन्न प्रतियोगिता खेल्दै उपाधिसहित विभिन्न व्यक्तिगत अवार्डसमेत जितेका छन् ।

उनै विनितले भारतमा भएको प्राइम भलिबलको लिगको उपाधिसहित उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । कोलकाता थण्डरबोल्टबाट खेलेका उनले ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भएका हुन् ।

उनी सम्मिलित कोलकाताले फाइनलमा अहमेदावाद डिफेण्डर्सलाई १५-१३,१५-१०, १५-१२ ले हराएर उपाधि जितेको हो । अशवाल राईको कप्तानीमा रहेको कोलकाताले पहिलो सिजनको उपाधि जितेको हो ।

सन् २०१९ मा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा भलिबलको स्वर्ण विनित कुमारले नेतृत्व गरेको भारतले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?