+
+

आजदेखि नेपाली बक्स अफिसमा ‘लप्पनछप्पन २’ र ‘ब्याटम्यान’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ११:११

२० फागुन, काठमाडौं । शुक्रबारदेखि दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ग्याङस्टर ड्रामा ‘लप्पनछप्पन २’ र हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ प्रदर्शनमा आएका हुन् ।

मुकुन्द भट्ट निर्देशित मल्टिस्टारर ‘लप्पनछप्पन २’मा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ लगायतको मुख्य भूमिका छ । पैसा, शक्ति र राजनीतिबीचको सम्बन्धलाई चित्रण गरिएको यो फिल्मलाई एक्सन जनरामा रुचि हुने दर्शकले मन पराउन सक्छन् ।

नेपालसहित युरोपका विभिन्न देशमा छायांकन गरिएको यो फिल्मको बक्स अफिस व्यापार यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । चार करोड रुपैयाँ लगानीमा निर्माण भएको भनिएको फिल्मलाई अस्ट्रेलिया र युरोपमा समेत प्रदर्शन गर्ने तयारी छ ।

शुक्रबारै हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ मल्टिप्लेक्सहरुमा रिलिज भएको छ । म्याट रिभ्स निर्देशित फिल्ममा रोबर्ट प्याटिन्सनले ब्याटम्यानको भूमिका निर्वाह गरेका छन् ।

राइडलर नामक एक सिरियल किलरले जब गोथम सहरका प्रतिष्ठित राजनीतिज्ञको हत्या गर्न थाल्छ, तब ब्याटम्यानले सहरमा लुकेको भ्रष्टाचारको छानबिन थाल्छ । त्यसमा परिवारको संलग्नताबारे प्रश्न पनि उठाउन बाध्य हुन्छ ।

गत साता रिलिज भएका ‘गंगुबाई कठियावाडी’, ‘म यस्तो गीत गाउँछु २’, ‘भलिमाइ’ र ‘अनचार्टेड’ले समेत स्थिर प्रदर्शनलाई कायमै राखेका छन् । जसले गर्दा शुक्रबार रिलिज भएका दुई नयाँ फिल्मलाई गत साताका फिल्म पनि चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?