+
+

माओवादी बैठकमा नारायणकाजीले भने : प्रचण्डले नै पार्टी छोड् भन्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १६:२९

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डसँग आफ्नो २०५३ सालदेखिकै सम्बन्ध भएको बताएका छन् । तर अहिले प्रचण्डले नै पत्रकार सम्मेलन गरेर पार्टी छोड् भनेको उनले बताए ।

एक नेताका अनुसार श्रेष्ठले ऐतिहासिक मोडमा कसैले पनि गम्भीर गल्ती गर्न नहुने बताएका छन् ।

श्रेष्ठसहित पाँच नेताले अमेरिकी सहयोग परियोजना एमसीसी, व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निर्णयको विरोध गरेका थिए ।

एमसीसी अनुमोदन भएको भोलिपल्ट १६ फागुनमा पत्रकार सम्मेलन गरेका प्रचण्डले श्रेष्ठको नाम लिँदै पार्टीमा फरक मत राख्न पाइने, तर कोही सेन्टिमेन्टमा आउन जरुरी नभएको बताएका थिए । बामदेव गौतमले एमाले फुटाएर माले बनाउँदा शुन्य सिट आएको भन्दै उनले भनेका थिए, ‘कसैलाई त्यही बाट हिड्न मन लाग्यो भने कसले रोक्न सक्छ र ?’

प्रचण्डको यो अभिव्यक्तिपछि नारायणकाजी समूहमा पार्टी छाड्नुपर्ने आवाज चर्को उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?