+
+

एनएसएल अक्सनमा बिकेनन् भरत र अभिषेक

राष्ट्रिय टोलीका स्ट्राइकरद्वय भरत खवास र अभिषेक रिजालले नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण गुमाउने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते २०:१९

२० फागुन, काठमाडौं । राष्ट्रिय टोलीका स्ट्राइकरद्वय भरत खवास र अभिषेक रिजालले नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण गुमाउने भएका छन् ।

शुक्रबार आयोजित खेलाडी किनबेच (अक्सन)मा भरत र अविशेकसहित ए क्याटागोरीका ९ जना खेलाडीलाई एनएसएलका कुनै पनि टोलीले चासो दिएनन् । ४९ खेलाडी ए क्याटागोरीमा रहेकोमा हरेक टोलीमा १०÷१० जना अनुबन्धित भए ।

ए डिभिजन लिगमा दोस्रो भएको त्रिभुवन आर्मीका कप्तान भरत खवासले एनएसएलको अघिल्लो संस्करणमा एफसी चितवनको कप्तानी गरेका थिए । चोटका कारण भरत पछिल्लो समय पूर्ण फिट छैनन् । तर त्रिभुवन आर्मीका लागि उनले ए डिभिजन लिगमा नियमित खेलिरहेका थिए ।

ए डिभिजन लिग च्याम्पियन मछिन्द्रका युवा स्ट्राइकर अभिषेकरिजाल पनि यसपल्ट बिकेनन्। अघिल्लो संस्करणमा भारतमा व्यवसायिक फुटबल खेलिरहेका कारण अक्सनमा सहभागी नरहेका अविशेकले पछि बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए ।

यीबाहेक राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर तथा ए डिभिजन क्लब थ्रीस्टारका कप्तान विक्रम धिमाल, एनआरटीका गोलरक्षक अजित प्रजापती, नेपाल पुलिसका डिफेण्डर अजित भण्डारी र मनाङ मर्स्याङ्दीका मिडफिल्डर नितिन थापालाई पनि यसपल्ट कसैको बोली लागेन । विक्रमले अघिल्लो सिजन चोटका कारण एनएसएल खेलेका थिएनन् भने बाँकी तीनै जना पोखरा थन्डर्समा अनुबन्ध भएका थिए ।

ए डिभिजनको विभागीय टोली नेपाल पुलिसका कप्तान रामचन्द्र वाजी र गोलरक्षक शत्रुघन चौधरीसँगै विक्रम धिमाल ए क्याटागोरीमा रहेर पनि यसपल्ट अभागी सावित भए ।

बी र सी क्याटागोरीका क्रमसः ४० र ५० जना खेलाडी शुक्रबारको अक्सनमा बिकेनन्। एनएसएलमा सहभागी १० क्लबले ए क्याटागोरीका ४, बी क्याटागोरीका ६ र सी क्याटागोरीका ५ गरी १५ खेलाडी अनुबन्ध गर्न पाउने नियमअनुसार २ सय ४९ खेलाडी अक्सनमा सहभागी भएकामध्ये १ सय ५० जना विभिन्न क्लबमा अनुबन्धित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?