+
+

निससँग पीएसजी पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते ९:१५

२२ फागुन, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) निससँग १-० ले पराजित भएको छ । खेलको अन्त्यतिर गोल खाँदा पीएसजी स्तब्ध बनेको हो ।

एन्डी डेलोर्टले खेल सकिन दुई मिनेट बाँकी छँदा निसका लागि विजयी गोल गरे । खेल बराबरीतर्फ अग्रसर हुँदा एन्डीले क्याल्भिन स्टेङको क्रसमा गोल गरे ।

एन्जल डि मारिया, नेमार र लियोनल मेस्सी सम्मिलित फ्रन्टलाइन रहेको पीएसजीले जम्मा २ सट मात्र टार्गेटमा हानेको थियो ।

पीएसजीलाई पराजित गरेपछि निस अंकतालिकामा दोस्रो स्थानमा उक्लँदै पीएसजीसँग अंङ्कदुरी १३ मा झारेको छ ।

सिजनको तेस्रो हार बेहोरेको पीएसजी २७ खेलबाट ६२ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट निसले ४९ अंक जोडेको छ। निसले एक खेल कम खेलेको मार्सेलाई २ अंकले पछि पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?