+
+

एमसीसीविरुद्धको आन्दोलनमा घाइते भएका डाँगीको उपचारमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते ११:१९

२२ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा घाइते भएका सुर्खेतका रणबहादुर डाँगीको उपचारमा समस्या देखिएको छ ।

फाल्गुन १६ गते प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट सख्त घाइते भएका ३८ वर्षीया होटल व्यवसायी डाँगीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको हो ।

ढुंगा प्रहारबाट टाउको, दाँत, नाक र आँखामा चोटग्रस्त डाँगीको वीरेन्द्रनगरको देउती अस्पतालमा उपचार हुन नसकेपछि प्रदेश अस्पतालमा रिफर गरिएको थियो । प्रदेश अस्पतालले नेपालगन्ज मेडिकल कलेज रिफर गरेपनि त्यहाँ पनि उपचार हुन नसकेपछि हाल उनको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचार भइरहेको पत्नी तुल्सा डाँगीले जानकारी दिइन् ।

पत्नी तुल्साका अनुसार १७ गते साँझ उनको टाउकोको शल्यक्रिया गरिएको थियो । यो शल्यक्रियापछि खप्पर, पिनास नली र गिदीको बाहिरी जालीको शल्यक्रिया गर्दा १० लाख खर्च भइसकेको तुल्साले बताइन ।

चिकित्सकहरूका अनुसार महिना दिनसम्म अस्पतालमै बसेरै उपचार गर्नु पर्ने भएकाले थप उपचारमा लाग्ने खर्च रकम जुटाउन समस्या भएको तुल्साले बताइन् ।

वीरेन्द्रनगरको बीच बजारमा भाडामा होटेल व्यवसाय संचालन गर्दै आएका डाङ्गीको उपचारका लागि हालसम्म राज्य तथा अन्य कुनैपनि निकायको सहयोग नपाएको तुल्साको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?