+
+

पर्सामा कटुवा पेस्तोलसहित चरेश बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १२:३३

२२ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चरेश बरामद गरेको छ ।

छिपहरमाइ गाँउपालिका-५ स्थित सिक्टा नदीको पुल नजिकबाट शनिबार राति कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चरेश बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साह नेतृत्वको टोलीले सिक्टापुल आसपासको क्षेत्रमा गस्तीमा थियो । सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै एक जना व्यक्ति आफूसँग रहेको झोला फालेर भारततर्फ भागे ।

झोला खोलेर हेर्दा प्लाष्टिकमा बेरिएको अवस्थामा लागुऔषध चरेश २ प्याकेट, एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ७.६२ मि.मिको गोली १ थान बरामद गरेको राउण्ड गोली बरामद सशस्त्र प्रहरी बल १३ नं हेड क्वाटर पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

बरामद गरिएको लागुऔषध र हतियार नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?