+
+

पेरिस फेसन विकमा रिहानाको बेबी-बम्प

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १२:१४

२२ फागुन, काठमाडौं । अमेरिकी गायिका रिहाना अहिले गर्भवती छिन् । उनको बेबी-बम्प संसारभर चर्चाको विषय बनेको छ । उनको गर्भवती अवस्थाको पेटलाई लिएर हलिउडदेखि युरोपेली मिडियाले स्त्रीत्वको बहस पनि थालेका छन् ।

रिरी नामले समेत हलिउडमा चर्चित अर्बपति रिहाना यसैसाता पेरिस फेसन विकअन्तर्गत डायोर अटम विन्टर २०२२ मा फेसन स्टेटमेन्ट बनिन् । कालो पहिरनमा पेट देखिने पारदर्शी पहिरनमा रिहाना हट देखिएकी थिइन् ।

प्रेमी असाप रकीको पहिलो सन्तानलाई जन्म दिन लागेकी ‘अम्ब्रेला’ गायिकाले ब्ल्याक लिंगेरी, लेदर क्याप र सुहाउने लेदर बुट लगाएकी थिइन् । सिल्भर ज्वेलरी र चेन नेकलेसले उनको लुक्सलाई थप पूर्णता दिलाएको थियो ।

PARIS, FRANCE – FEBRUARY 28: (EDITORIAL USE ONLY – For Non-Editorial use please seek approval from Fashion House) Rihanna and ASAP Rocky attend the Off-White Womenswear Fall/Winter 2022/2023 show as part of Paris Fashion Week on February 28, 2022 in Paris, France. (Photo by Pascal Le Segretain/Getty Images)

युरोपेली फेसन समीक्षकले रिरीको पेरिस फेसन विकलाई आदर्श मातृत्वको फेसन भनेर टिप्पणी गरेका छन् । यसैसाता पिपुल म्यागजिनसँग कुरा गर्दै रिहानाले गर्भवती अवस्थाको फेसनलाई आत्मसात गर्न रमाइलो हुने भएपनि चुनौतीपूर्ण हुने बताएकी थिइन् ।

उनी भन्छिन्, ‘मलाई यसो गर्न निकै मन पर्छ । मेरो पेटलाई खुलै राख्ने कुरामा मैले इन्जोय गरेकी छु । म मोटाएँ भनेपनि केही समस्या छैन, यो मेरो सन्तानको न्यानो आगमनकै लागि हो ।’

PARIS, FRANCE – MARCH 01: Rihanna attends the Dior Womenswear Fall/Winter 2022/2023 show as part of Paris Fashion Week on March 01, 2022 in Paris, France. (Photo by Stephane Cardinale – Corbis/Corbis via Getty Images)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?