+
+

विषालु सर्प र बिच्छीको विशेष परिकार ! (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १३:१७

तपाईंले धेरैखाले अनौठा तथा विचित्र परिकारहरूका बारेमा सुन्नुभएकै होला । के तपाईंले सर्प र बिच्छी पकाएर बनाइने विशेष खालको परिकारका बारेमा सुन्नुभएको छ ?

सुन्दैमा भयभित हुने खालको यो परिकार चीनमा निकै लोकप्रिय छ । गर्मी लागेसँगै चीनमा यो परिकारको माग बढ्दछ । यो परिकार बनाउन विषालु सर्प र बिच्छीको प्रयोग गरिन्छ ।

चीनको गुआंगडोंग प्रान्तमा यो परिकार खाने चलन छ । सर्प र बिच्छी मिसाएर बनाइने यो सुपमा सुँगुरको मासु पनि मिसाइन्छ र विशेष खालको मसला पनि थपिन्छ ।

यो विशेष खालको सुप खानाले शरीरमा रहेको विषाक्त तत्व निर्मूल हुने चिनियाँहरूको विश्वास छ । यो सुप त्यहाँको परम्परागत चिनिया खानाको एक हिस्सा हो ।

यो परिकार बनाउनका लागि सबैभन्दा पहिले सर्प र बिच्छीको विष बाहिर निकालिन्छ । त्यसका लागि सर्प र बिच्छीलाई करिब ३ घण्टा स्ट्यू गरिन्छ । तत् पश्चात् सुँगुरको मासु र सर्पलाई अदुवा, लसुन र विशेष मसलासँगै भाँडोमा हालिन्छ । त्यसपछि केही सागपात र पिँधेको बिच्छीको लेप पनि त्यहीँ हालिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?