+
+

बाँके कारागारमा कोचिएर बस्न बाध्य छन् कैदीबन्दी

बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीहरुले विभिन्न सरुवा रोगहरुको सामना गर्नु परेको र न्युनतम सुविधासमेत पाउनबाट बञ्चित बनेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १६:०९

२२ फागनु, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ ।

३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीहरुले विभिन्न सरुवा रोगहरुको सामना गर्नु परेको र न्युनतम सुविधासमेत पाउनबाट बञ्चित बनेका हुन् ।

धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार भवन निर्माण कार्यमा पनि समस्या देखिएको नेपालगञ्ज कारागारका जेलर राजकुमार सोनकरले बताए । उनले क्षमताभन्दा बढी कैदीबन्दीका कारण लुतो लगायतका सरुवा रोगको समस्या र शौचालयको समस्या हुने गरेको बताए ।

कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौंबस्तामा ३ हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण सुरु गरेको ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको उनको भनाइ छ ।

जेलर सोनकरले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाई हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको बताए ।

कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर भ्याटबाहेक ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो ।

२०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो । तर, यो समयमा कामपूरा नहुँदा सो निर्माण कम्पनी कालोसूचीमा परेको छ ।

अहिले रसुवा निर्माण कम्पनीले एक्लै काम गरिरहेको छ । ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७६ कार्तिक ८ गतेसम्म कारागार भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर अहिलेसम्म करिव ८० प्रतिशत काम मात्रै पूरा भएको छ ।

पटक–पटक म्याद थपेर चैत समान्तसम्म पुर्‍याइएको तर बाँकी अवधिमा २० प्रतिशत काम पूरा हुने सम्भावना कम रहेको संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्ज, बाँकेका इन्जिनियर सुदिप झाले बताए । उनले कारागार व्यवस्थापन विभागले निर्माण कार्यलाई तीब्रता दिन निर्माण कम्पनीलाई ताकेता गर्दै आएको पनि बताए ।

बाँकेमा मात्रै नभएर देशभरका कारागारमा क्षमता भन्दा धेरै कैदी बन्दी छन् । कारागार व्यवस्थापन विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कारगारको क्षमता करिव १६ हजार छ । तर नयाँ कारागार भवन निर्माण नहुँदा क्षमता भन्दा झन्डै दोब्बर बढी कैदीबन्दी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?