
२३ फागुन, मोरङ । स्वर्गीय शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आगामी चैत्रमा प्रदे एकको राजधानी विराटनगरमा आयोजना हुने भएको छ ।
शहीद मैदानमा हुने प्रतियोगिता चैत्र ८ देखि १२ सम्म संचालन हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जनाएका छन् । गत वैशाखमा हुने भनिएको यो प्रतियोगिता कोरोना माहामारीका कारण स्थगित भएको थियो ।
यसअघि २०७५ मा प्रतियोगिताको पहिलो संस्करण झापा तथा दोस्रो संस्करण २०७६ को माघमा विराटनगरमा आयोजना भएको थियो ।
झापामा भएको प्रतियोगिताको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो । विराटनगरमा भएको दोस्रो संस्करणको रोमान्चक फाइनलमा प्रदेश ५ ले अघिल्लो संस्करणको विजेता गण्डकी प्रदेशलाई पेनाल्टी सुटमा ५-३ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने नेपाल हक्की संघले जनाएको छ । नेपाल हक्की टोली हाल विश्व वरीयतामा ८२औं स्थानमा रहेको छ ।
प्रतिक्रिया 4