+
+

खेलौना जहाजसँग युवतीको प्रेम, खेलौनालाई प्रेमी बनाएर रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १३:१४

कतिपय मानिसका आनीबानी तथा सौख नै अचम्मित पार्ने खालका हुन्छन् । हंगेरीकी एक युवती बच्चाबच्चीले खेलाउने एउटा खेलौना जहाजसँग गहिरो प्रेममा परेकी छिन् ।

राजधानी बुढापेस्टमा बस्ने २८ वर्षकी सेन्ड्रा नामकी ती युवतीले खेलौना जहाजलाई नै आफ्नो ब्वायफ्रेण्ड बनाएकी छिन् र सोही खेलौनासँग रोमान्स गर्न थालेकी छिन् ।

बेलायती पत्रिका द मिररका अनुसार ती युवतीलाई टोय प्लेनसँग यतिधेरै प्रेम छ कि उनी त्यो जहाजविना बाँच्नै नसक्ने भएकी छिन् । आफ्नो खेलौना जहाजलाई अर्थात् प्रेमीलाई उनी मायाले लुफान्स भन्छिन् ।

गत जनवरीमा करिब एक लाख रुपैयाँ खर्च गरेर उनले उक्त खेलौना जहाज किनेकी हुन् । त्यसपछि घरमा भित्र्याएको खेलौना जहाजसँगको प्रेममा उनी डुब्न थालिन् ।

वास्तवमा उनी सानैदेखि जहाजको पारखी थिइन् । जहाजप्रति उनको उच्च लगाव र आशक्ति नै थियो ।

तीन वर्षको उमेरदेखि नै सेन्ड्रालाई खेलौना हवाइ जहाजप्रति प्रेम बसेको थियो । उनी खेलौनामा जहिले पनि जहाज नै किन्थिन् । जहाजप्रतिको प्रेमका कारण उनी उड्ययन क्षेत्रमा जागिर खोज्न गइन् । सन् २०२१ मा उनले उड्ययन क्षेत्रमै जागिरसमेत फेला पारिन् ।

आफूले ब्वायफ्रेण्ड बनाएको खेलौना हवाइजहाजलाई साथमा राखेर नसुतेसम्म उनलाई निद्रा लाग्दैन । बिहान बेलुकी खेलौना जहाजलाई चुम्बन पनि गर्छिन् ।

गत वर्षमात्रै सेन्ड्राको उनको प्रेमीसँग ब्रेकअप भको थियो । त्यसपछि उनले कुनै पनि केटासँग सम्बन्ध नगाँस्ने र खेलौना जहाजसँगै सम्बन्ध बनाउने निर्णय गरिन् । अन्ततः उनले लुफान्सलाई आफ्नो सोलमेट बनाइन् । त्यहीँ जहाजसँग आफूले रोमान्स गर्ने र निकै इन्टिमेट क्षणहरू पनि शेयर गर्ने उनी बताउँछिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?