
संसारमा सर्वाधिक लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको ह्वाट्सएपले प्रयोगकर्ताका लागि निरन्तर नयाँ नयाँ फिचरहरू थप गर्ने गर्दछ । तर ह्वाट्सएपमा पहिलेदेखि नै यस्ता कतिपय गज्जबका फिचर छन् जसका बारेमा निकै कमलाई थाहा छ । त्यसमध्ये एउटा फिचर यस्तो छ जसको सहयोगले तपाईंले कसैले तपाईंलाई पठाएको मेसेज उसलाई थाहै नदिइकन पढ्न सक्नुहुन्छ ।
सामान्यतया तपाईंले आफ्नो ह्वाट्सएपमा प्राप्त भएको मेसेज खोलेर पढेसँगै प्रेषकको ह्वाट्सएप मेसेजमा दुईवटा निलो सही चिह्न आउँछ । आफूले पठाएको मेसेजमुनि त्यस्तो जोडी निलो चिह्न अर्थात् ब्लु टिक आयो भने प्रापकले मेसेज पढेको भन्ने बुझिन्छ । तर एउटा यस्तो ट्रिक छ जसको सहयोगमा तपाईंले आफूलाई प्राप्त भएको ह्वाट्सएप मेसेज पढ्दासमेत प्रेषकको ह्वाट्सएपमा ब्लु टिक जाँदैन अर्थात् तपाईंले मेसेज पढेको कुरा प्रेषकले थाहा पाउँदैन ।
वास्तवमा ह्वाट्सएपमा ब्लु टिक फिचरलाई बन्द गर्न सकिन्छ । यसका लागि तपाईंले Read Receipts फिचरलाई अफ गर्नुपर्दछ ।
यो फिचर बन्द गर्नका लागि सबैभन्दा पहिले ह्वाट्सएप खोलेर Settings मा जानुुहोस् । त्यहाँ Account नामक अप्सन देखिन्छ । Account भित्र रहेको Privacy को अप्सनमा थिच्नुहोस् । त्यहाँ Read Receipts को बक्स देखिन्छ, त्यसमा रहेको टिक हटाउनुहोस् । यति गरिसकेपछि अब तपाईंले आफूलाई आएका ह्वाट्सएप मेसेज पढेपनि प्रेषकले पत्तो पाउँदैन ।
तर Read Receipts फिचर बन्द गरेपछि आफूले मेसेज पढेको कुरा प्रेषकले थाहा नपाएजस्तै आफूले पठाएका मेसेज अरुले पढे नपढेको पनि थाहा हुँदैन ।
Read Receipts फिचरलाई ग्रुप च्याटमा भने बन्द गर्न सकिंदैन ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4