
२३ फागुन, काठमाडौं । नेकपा एमाले निकट कानुन व्यवसायीको संस्था प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले नेपाल बार एशोसिएसनको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ ।
बारको २५ सदस्यीय केन्द्रीय समितिका लागि सोमबार मनोनयन दर्ताको कार्यक्रम छ । जसमा पीपीएलएको तर्फबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिवमा केदारप्रसाद कोइराला उम्मेदवार बनेका छन् । पीपीएलएका अध्यक्ष भोजराज आचार्यले यस पटक आफूहरुले कुनै संगठनसँग सहकार्य नगरी एकल उम्मेदवारी दिएको बताए ।
यी हुन् पीपीएलएका उम्मेदवार
अध्यक्ष : विष्णुमणि अधिकारी
उपाध्यक्षहरु
प्रदेश १ : रोहित डाँगी,
मधेश : केशव दास
बागमती : डिल्लीराम मैनाली
गण्डकी : भूपेन्द्र खनाल
लुम्बिनी : बासुदेव ज्ञवाली
कर्णाली : विष्णुप्रसाद तिमिल्सिना
सुदूरपश्चिम : चन्खबहादुर साउद (सीबी साउद)
महिला : रमा श्रेष्ठ
महासचिव : केदारप्रसाद कोइराला
कोषाध्यक्ष : जगतबहादुर कार्की
सदस्यहरु
दलित : कुञ्जनी परियार प्यासी
मधेशी/मुस्लिम :
उपत्यका बाहिर : नरसिंह चौधरी
खुला : सुवासचन्द्र झा
आदिवासी जनजाति :
उपत्यका बाहिर : शशिकुमारी श्रेष्ठ
खुला : दिलकुमारी राई
महिला :
उपत्यका बाहिर : इन्दिरा आचार्य (बुटवल)
खुला : मनिका खड्का
खुला :
उपत्यका बाहिर : गणेश वली (सुर्खेत)
खुला : कुवेर वली
युवककुमार गौतम
अर्जुन खड्का
अनिल श्रेष्ठ
हरि पंगेनी
प्रतिक्रिया 4