+
+

जागिर लगाइदिने बहानामा ठगी गर्ने ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १७:२५

२३ फागुन, काठमाडौं । जब सेन्टरको नाममा ठगी गर्ने गिरोहका ९ जनालई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

जागिर लगाइदिने बहानामा प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फ्यासिलिटिज म्यानेजमेन्ट सर्भिसेस प्रालिका सञ्चालक अर्घाखाँची छत्रदेव गाउँपालिका-६ ठुलापोखरीका २६ वर्षीय अमर पाण्डे, अर्घाखाँची छत्रदेव गाउँपालिका-६ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय तिलकराम पाण्डे, काठमाडौं बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक लमजुङ दूधपोखरी गाउँपालिका-२ घरका २२ वर्षीय आनन्द मरहठ्ठा, काठमाडौं कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक तथा सिरहा नगरपालिका-१९ का २३ वर्षीय विवेक यादव छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका-३२ आकाशेपुलस्थित एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका-३ का २८ वर्षीय अश्विन राई, काठमाडौं कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक सिन्धुली फिक्कल गाउँपालिका-२ मन २२ वर्षीय घनश्याम पहाडी, काठमाडौं चाबहिलस्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रालिका सञ्चालिका रौतहट चन्द्रपुर नगरपालिका- ४ की २५ वर्षीया सृजना लामिछाने, काठमाडौं कोटेश्वरस्थित क्विकमाण्डु एमपि प्रालिका सञ्चालिका मोरङ विराटनगर उपमहानगरपालिका-४ की ४० वर्षीया ज्ञानु न्यौपाने र काठमाडौं कोटेश्वरस्थित अनमोल जब मल्टिपल प्रालिका सञ्चालक रौतहट मौलापुर गाउँपालिका-५ का २२ वर्षीय रामवचन कुमार यादव रहेका छन् ।

उनीहरूले जागिर मिल्छ भन्दै फारम शुल्कबापत ५०० रुपैयाँसम्म लिने र जब वारेन्टी शुल्कको नाममा ६ हजार रुपैयाँम्म लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

साथै, जागिरको लागि फारम भरेकालाई सर्त बमोजिमको काममा नलगाउने तथा एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पुर्‍याएर पुन: शुल्क असुल्ने काम उनीहरूले गरेका प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?