+
+

बैंकमा एक हप्तामै थपियो ११ अर्ब निक्षेप

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १८:३८

२३ फागुन, काठमाडौं । बैंकहरुको निक्षेप सुधारिएको छ । लगातार निक्षेप घटिरहदा समस्यामा देखिएका बैंकहरुको पछिल्लो एक सातामा भने निक्षेपमा राम्रै सुधार देखिएको छ । जति कर्जा लगानी भएको छ त्यो भन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ ।

फागुन १३ गतेसम्म बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप देखिएको छ । अर्थात एक सातामै ११ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । उता कर्जा लगानी पनि यस अघिको जस्तो धेरै बढेको छैन ।

जति निक्षेप थपियो त्यसको आधा भन्दा कममात्रै कर्जा लगानी भएको छ । १३ फागुनसम्म बैंकहरुमा ४१ खर्ब ६५ अर्ब रुपैयाँ बैंकहरुको कर्जा लगानी भएको थियो । एक हप्ताको अवधिमा ५ अर्ब रुपैयाँ बढेर २० फागुनमा कर्जा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?