+
+

काठमाडौंमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते २३:२६

२३ फागुन, काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् ।

तीमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले अनलाइनखबरलाई बताए ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् ।

गम्भिर घाइते उनको परिवारका थप चार सदस्यको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको एसएसपी गिरीले बताए ।

घटनास्थलमा पुगेका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले विष खाएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, विस्तृत अनुसन्धानपछि मात्र एकिन हुने उनले बताए ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ मा पनि सोमबार एकैपरिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?