+
+

बाँकेमा मोटरसाइकलको ठक्करबाट प्रहरी हबल्दारको मुत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते ९:४८

२४ फागुन, दाङ । बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरी हबल्दारको मुत्यु भएको छ । एकजना प्रहरी जवान घाइते भएका छन् ।

नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा सोमबार राति आठ बजे मोटरसाइकलले ठक्कर दिंदा प्रहरी हबल्दार भुपेन्द्र शाहीको मृत्यु भएको हो । सो दुर्घटनामा प्रहरी जवान नरेश चौधरी र मोटरसाइकल चालक सन्तोष बमसिंह ठकुरी घाइते भएका छन् ।

मोटरसाइकल चेकिङमा खटिएका प्रहरी हबल्दार शाही र चौधरीलाई ठकुरीले चलाएको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए ।

मोटरसाइकल चालक ठकुरी र प्रहरी जवान चौधरीको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?