+
+

मधेश सरकारको बस सार्वजनिक संस्थालाई दिइने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १७:५६

२४ फागुन, जनकपुरधाम। सार्वजनिक यातायातका लागि मधेश प्रदेश सरकारले खरिद गरेको बस सञ्चालन नहुने भएको छ । खरिद भएको बस प्रदेश सरकारले आफू अन्तर्गतका निकायलाई दिने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले यात्रुलाई चढाउन खरीद गरिएको बस आफ्ना निकायलाई दिने निर्णय भएको प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार खरीद गरिएका ५ बसमध्ये २ वटा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तथा १÷१ वटाका दरले कृषि विश्वविद्यालय राजविराज, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई दिइनेछ ।

डेढ बर्षअघि प्रदेश सरकारले यो बस खरीद गरेको थियो । दुई वटा बस जनकपुरधाम–राजविराज, दुई वटा जनकपुधराम–बीरगंज र एउटा बस राजविराज–बीरगंच संचालन गर्ने प्रदेश सरकारले जनाएको थियो ।

बस खरीद गर्ने तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल मन्त्री पदबाट हटाइएपछि अहिले यो मन्त्रालय कांग्रेसको नेतृत्वमा आएको छ । कांग्रेसबाट मन्त्री रहेका रामसरोज यादवले शुरुदेखि नै बस संचालन गर्न अनिच्छा प्रकट गर्दै आएका थिए ।

सप्तरीमा यातायात कार्यालय खोलिने

मंगलबारको प्रदेश मन्त्रीपरिषद्को बैठकले सप्तरीमा यातायात व्यवस्था कार्यालय खोल्ने निर्णय गरेको छ ।

सप्तरी सदरमुकाम राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गरिने सरकारका प्रवक्ता साहले बताए । उनका अनुसार सिरहाको लहानमा रहेको यातायाता व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा खोलिने निर्णय भएको हो ।

शुरुमा राजविराजमै रहेको यातायात व्यवस्था कार्यालय दुई दशकअघि लहानमा सारिएको थियो । त्यस बेलादेखि सप्तरीबासीलाई यातायात सम्बन्धी कामका लागि लहान धाउनुपरिरहेको थियो ।

प्रबक्ता साहका अनुसार कार्यालय सम्बन्धी प्रकृया चाँडै पूरा गरेर कार्यालय स्थापना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?