+
+

सिद्धबाबाविरुद्धको मुद्दा पेसी सूचीमा, सुनुवाइको सम्भावना कम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते ९:१३

२५ फागुन, विराटनगर । आफ्नै अनुयायी माथि जबरजस्ती करणी गरेको आरोप खेपेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा आज उच्च अदालत विराटनगरको पेसी सूचीमा छ ।

मुद्दाको पेसी आजका लागि तोकिएको र गोलाप्रथाबाट बेञ्च तोकिने उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

साप्ताहिक पेसी सूचीमा गिरीको मुद्दा परे पनि आज सुनुवाइ हुने सम्भावना भने कम छ । उच्चमा ११ जना न्यायाधीशहरु छन् । ती मध्ये चार जना न्यायाधीशले यसअघि सो मुद्दा हेरिसकेका छन् । एक न्यायाधीशका आफन्त सो मुद्दामा बहस गर्ने कानुन व्यावसायी छन् ।

‘आज मुद्दाको सुनुवाइ हुने सम्भावना कम छ,’ उच्च अदालत स्रोतले भन्यो, ‘चारवटा बेञ्चले यसअघि नै हेरिसकेका छन्, एकपटक हेरेको मुद्दाको पेसी पुनः हेर्न मिल्दैन ।’ उच्च अदालतमा दुई जना न्यायाधीश सम्मेलित बेञ्च बन्छ ।

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । जिल्लाको फैसला विरुद्ध पीडितको पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा पुगेको थियो । जिल्लाको फैसला विरुद्ध सिद्धबाबा पनि २०७७ चैत २६ गते उच्च अदालतमा पुगेका थिए । दुवै मुद्दालाई लगाउमा राखेर सुनुवाइ भइरहेको छ ।

२०७७ मंसिर २२ गते प्रतिवादी पक्षको मात्रै बयानपछि जिल्लाले फैसला जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?