+
+

आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परे दीपेन्द्रसिंह ऐरी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १४:४८

२५ फागुन, काठमाडौं । नेपाली अलराउण्डर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी मनोनयनमा परेका छन् ।

ऐरीसँगै यूएईका भृत्य अरविन्द र भारतका श्रीयास आयरलाई मनोनयनमा राखिएको छ । फेब्रुअरी महिनामा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट तीन जनालाई छनोट गरी दर्शकको मतका आधारमा विजेता घोषणा गरिनेछ ।

आईसीसीमातहतको एउटा स्वतन्त्र आईसीसी भोटिङ एकेडेमी र विश्वभरका समर्थकले सामाजिक सन्जालमार्फत गरेको मतलाई आधार मानिनेछ ।

दीपेन्द्रले फेब्रुअरी महिनामा ओमानमा दुई प्रतियोगिता खेले । नेपालसहित ओमान, आयरल्याण्ड र युएई सम्मिलित चारदेशीय शृंखला र ट्वान्टी–२० विश्वकप छनोटमा दीपेन्द्रले नेपालका लागि महत्त्वपूर्ण प्रदर्शन गरेका थिए ।

विश्वकप छनोटमा नेपाल तेस्रो हुँदा दीपेन्द्रले १५९ रन र ६ विकेट लिएका थिए । चारदेशीय शृंखलामा १४२ रन बनाएका थिए भने ४ विकेट लिएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?