+
+

रंगमञ्च : सहरमा चार नयाँ नाटक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १३:०८

२६ फागुन, काठमाडौं । कोरोना महामारीले प्रभावित रंगमञ्च बिस्तारै लयमा फर्किन थालेको छ । कोरोना संक्रमण कम भएसँगै काठमाडौंका नाटकघरहरुमा नाटक मञ्चन हुन थालेका छन् ।

मण्डला थिएटरमा फागुन १० देखि चैत १३ गतेसम्म राजन खतिवडाद्वारा निर्देशित ‘रोगन’ मञ्चन भइरहेको छ । संयोग गुरागाईंले लेखेको यो नाटक हरेब दिन साँझ ५ बजेदेखि मण्डलाको नयाँ भवनमा मञ्चन भइरहेको छ ।

चैत ८ गतेदेखि १३ गतेसम्म दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मीतज्यू’ मञ्चन हुँदैछ । यसअघि मञ्चन हुँदाहुँदै लकडाउन भएपछि रोकिएको यो नाटकलाई पुनः मञ्चन गर्न लागिएको हो ।

टेकुस्थित कौसी थिएटरमा अशान्त शर्मा निर्देशित नाटक ‘ढल्केको सालैजो’ मञ्चन भइरहेको छ । फागुन २४ देखि मञ्चन सुरु भएको यो नाटक चैत ८ सम्म सञ्चालन हुनेछ । कोरोना महामारीको समयमा जीवनलाई सहज बनाउन मानिसले गरेको संघर्षलाई यो नाटकमा प्रस्तुत गरिएको छ । ‘महामारीको समयमा म आफैले ती दुःख देखें । मेरै आँखाअघि कति पलायन भए । कति झुण्डिएर मरे । यी पात्रलाई नै मैले नाटकको स्रोत बनाएको हुँ,’ शर्माले भने ।

कीर्तिपुर रंगमंचमा शुक्रबारदेखि पारिजातको चर्चित उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ मञ्चन हुँदैछ । यसमा केदार श्रेष्ठको परिकल्पना, अञ्जान प्रदीपको निर्देशन र चौथो आयामको नाट्य आलेख रहेको छ ।

१२ वर्षपछि पुनः संचालनमा आएको आरोहण गुरुकुलमा बाल मनोविज्ञानमा आधारित नाटक ‘ताराबाजी लै लै’ मञ्चन भइरहेको छ । फागुन १७ देखि सुरु भएको मोर्टन क्रोग निर्देशित नाटक चैत १३ गतेसम्म मञ्चन हुने जनाइएको छ । अहिले थापागाउँस्थित कुञ्ज नाटकघरबाट आरोहण गुरुकुल सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?