+
+

दाङमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १८:२५

२६ फागुन, दाङ । दाङको घोराही उपमहानगरपालिका- १४ स्थित झिगौरामा औद्योगिक तथा कृषि प्रदर्शनी सुरु भएको छ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नारासहित उद्योग वाणिज्य संघ दाङको आयोजनामा घोराहीमा सुरु भएको हो ।

प्रदर्शनीको उट्घाट्न लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरेका हुन् । उनले उद्योग व्यापार कृषि एवं पर्यटनको महोत्सवले स्थानीयले उत्पादनले थलिएको अर्थतन्त्र उकास्न टेवा पुग्ने बताए । उनले महोत्सवले कृषि तथा उद्योग लगायतका स्थानीय उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

महोत्सवमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी राखिएको छ । त्यस्तै प्रदर्शनी स्थलमा जिल्लामा  उत्पादित स्थानीय वस्तुहरुका स्टल राखिएको आयोजकले जनाएको छ ।

महोत्सवमा करिब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र करिब २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबर हुने विश्वास आयोजकले लिएको छ  । महोत्सव ८ चैतसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?