+
+

संस्कृत विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ : शिक्षामन्त्री

रासस रासस
२०७८ फागुन २६ गते १९:३७

२६ फागुन, काठमाठौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सूचना प्रविधिको अधिकतम प्रयोगसँगै संस्कृत विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई आज सम्बोधन गर्दै मन्त्री पौडेलले प्रविधिको प्रयोगसँगै सो विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै विश्वविद्यालयको हितमा सार्थक उपयोग गर्नुपर्ने उनको भनाइ थियो । सन् २०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गर्ने संस्कृत विश्वविद्यालयको योजनामा आफू सकारात्मक रहेको भन्दै उनले कोरोनाका समयमा शिक्षा क्षेत्रलाई पाठ सिक्नुपर्ने र शिक्षाको परम्परागत शैली र संरचनालाई पुनःसंरचना गर्नुपर्ने बताए ।

उनले भने, ‘अध्ययन/अध्यापनका नवीन विकल्प खोज्दै जानुपर्ने भएको छ, अब विश्वविद्यालय मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योग विज्ञान र प्राकृतिक चिकित्साका साथै खोज, अनुसन्धान र संरक्षणमा क्रियाशील रहनुपर्ने आवश्यकता भएको छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?