
२६ फागुन, काठमाडौं । ७० औं विश्व सुन्दरी प्रतियोगिताको ग्रान्ड फिनालेमा भाग लिन मिस नेपाल नम्रता श्रेष्ठ बिहीबार बेलुका अमेरिकाको पुएर्तो रिकोतर्फ प्रस्थान गरेकी छिन् ।
त्रिभुवन विमानस्थलमा उनलाई ‘द हिडन ट्रेजर’का अध्यक्ष दीवाकर राजकर्णिकार र निर्देशकद्वय प्रमोद कंशाकार र शरद श्रेष्ठले बिदाइ गरे । उनीहरुले जितको लागि शुभकामना दिए ।
‘नेपालीहरुको माया र जितको अठोट लिएर मिस वर्ल्डको फेनालेका लागि जाँदैछु’ त्यसतर्फ प्रस्थान गर्नुअघि बिमानस्थलमा नम्रताले अनलाइनखबरसँग भनिन् ।
आगामी मार्च १६ मा ग्रान्ड फिनाले हुँदैछ भने १७ मा गाला डिनरसहित ब्यूटी विथ पर्पस हुनेछ । नम्रता मार्च २० तारिखमा स्वदेश फर्कने कार्यक्रम छ । कोरोना महामारीले यसअघिको फिनाले स्थगित भएको थियो ।
मिस नेपालको आगामी संस्करण भने जेठभित्र आयोजना गर्ने तयारी छ ।
हेर्नुहोस् तस्वीरहरु
तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4